• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पश्चिमी वायुको असर जारी, सतर्कता अपनाउन महाशाखाको आग्रह

    210
    SHARES

    काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई भूभागका धेरै स्थानमा हुस्सु लागेको अवस्था छ।

    आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। राति पनि मौसममा खासै परिवर्तन नआउने र देशभर आंशिक बदली नै रहने महाशाखाले जनाएको छ।

    यसैबीच, तराई भूभागमा न्यूनतम तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेको छ। हुस्सुका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले सचेत गराएको छ।

    मौसमको अवस्थालाई मध्यनजर गर्दै यात्रामा निस्कँदा तथा विशेष गरी बिहानको समयमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ