• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धुर्मुसको प्रस्टोक्ति – छोरीको उपचार गर्न अमेरिका आएका हौं, फर्कन्छौं

    156
    SHARES

    काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले आफू छोरीको उपचारका लागि अमेरिका आएको बताएका छन्। शुक्रबार बिहान फेसबुकमा स्ट्याटस लेखेर धुर्मुसले आफू श्रीमतीसहित छोरीको उपचारका लागि अमेरिका आएको बताएका हुन्।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेपछि विवादमा तानिएका धुर्मुस सपरिवार अमेरिका भागेको भनेर शुक्रबार सामाजिक सञ्जालमा चर्चा भएको थियो।

    त्यसपछि धुर्मुसले फेसबुकमार्फत बकपत्र जारी गरी आफू भागेको नभई छोरीको उपचारका लागि अमेरिका आएको बताएका हुन्। उपचार सकिएपछि आफू फर्कने पनि धुर्मुसले बकपत्रमार्फत जानकारी गराएका छन्। उनले नेपाल र भारतका विभिन्न अस्पतालमा लगिए पनि उपचार नभएपछि अमेरिका ल्याइएको बताएका छन्।

    धुर्मुसका अनुसार उनकी छोरीलाई जन्मेको १६ दिन म्यानेन्जाइटिस भएको थियो। त्यससँगै घुँडाको हड्डीमा इन्फेक्सन भएको जसका कारण दाहिने खुट्टा देब्रेभन्दा ७ सेन्टिमिटर सानो छ।

    ‘उनको हाइट जति समयसम्म बढ्छ त्यति समयसम्म डक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने भन्ने डाक्टरको सल्लाहअनुसार पाटन हस्पिटलमा एक महिनाको बसाइँ सकेर १२ वर्ष अगाडि घर फर्केका थियौं। अब छोरी फाल्गुनमा १३ लाग्छिन्। अहिले छोरीको दाहिने खुट्टा देब्रे खुट्टाभन्दा ७ सेन्टिमिटर सानो छ,’ उनले भनेका छन्।

    चिकित्सकहरुले उच्च प्रविधिसहितको उपचार अमेरिकामा हुने भएकाले त्यतै जान पहिल्यै सुझाव दिएको पनि धुर्मुसले बताएका छन्।

    आर्थिक हैसियत‍ नभएका कारण अमेरिकाकाो ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ का लागि आवेदन दिएको र सो अनुसार एक वर्षअघि अमेरिकाले भिसा दिएको बताएका छन्।

    ‘यो कार्डमा आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि निःशूल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्स/ मेडिकेडमार्फत। उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं ।आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं,’ उनले लेखेका छन्।

    उनले आफू रंगशालाको ‘दलदल’ बाट निस्किएर मात्रै छोरीको उपचारका लागि अमेरिका आउने चाहना भए पनि त्यसो नभएको बताएका छन्। ‘छोरीको उपचारको प्रक्रिया पनि शुरु भएको छ, हामी निरन्तर अपडेट पनि गर्नेछौं,’ धुर्मुसले फेसबुकमार्फत भनेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ