• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    आकांक्षी धेरै भएपछि एमालेमा विधान महाधिवेशनको निर्णय उल्ट्याउने ओलीको तयारी

    339
    SHARES

    काठमाडौँ । आकांक्षी नेताको चाप बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनका निर्णय उल्ट्याउने तयारी थालेका छन्।

    पार्टीभित्र पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटीको आकार घटाउने दोस्रो विधान महाधिवेशनको निर्णय कार्यान्वयन गर्न नसकिँदा ओलीले संरचना पुनः पुरानै जस्तै कायम राख्ने संकेत दिएका छन्। ओली निकट स्थायी समिति सदस्यका अनुसार कमिटीको संख्या पुनः बढाउने गरी गृहकार्य अघि बढिसकेको छ।

    २०७८ को महाधिवेशनले पदाधिकारी १९ राखेको थियो भने हालैको विधान महाधिवेशनले यसलाई १५ मा झारेको थियो। तर आकांक्षीहरुको व्यवस्थापन गर्न नसकिँदा ओलीले पदाधिकारी संख्या, स्थायी समिति र केन्द्रीय कमिटीको आकार फेरि बढाउने योजना बनाइरहेको स्रोतको दाबी छ।

    स्रोतका अनुसार केन्द्रीय कमिटी ३०१ पुर्‍याउने, त्यसअनुसार ९९ सदस्यीय पोलिटब्यूरो र ३३ सदस्यीय स्थायी समिति कायम राख्ने प्रस्ताव ओलीले आफ्ना निकटस्थलाई सुनाएका छन्।

    यो कदम रोक्न पोखरेल पक्ष सक्रिय बनेको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि सार्वजनिक रूपमा चेतावनी दिँदै भनेका छन्— ‘विधान महाधिवेशनको निर्णय उल्ट्याउने हो भने दुई कार्यकालको सीमा पनि पुनः ल्याउनुपर्छ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ