• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नवलपरासीका डिएसपी बहुविवाह प्रकरणमा पक्राउ, प्रहरीमै कार्यरत दोस्रो पत्नी फरार

    350
    SHARES

    बुटवल । पूर्वी नवलपरासीमा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ परेका छन्। जेठी श्रीमती तारा नेपाल खनालले दिएको उजुरीपछि रूपन्देही प्रहरीले सोमबार पक्राउ पुर्जी जारी गर्दै उनलाई नियन्त्रणमा लिएको हो।

    प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार जाहेरी परेपछि डिएसपी नेपाल स्वयं प्रहरी कार्यालय पुगेका थिए। अदालतबाट तीन दिनको म्याद थपिएपछि अहिले उनीमाथि विस्तृत अनुसन्धान अघि बढाइएको छ।

    प्रहरी स्रोतले डिएसपी नेपालले प्रहरीमै कार्यरत एक युवतीसँग दोस्रो विवाह गरेको दाबी गरेको छ। तर ति युवती हाल फरार रहेको बताइएको छ।

    डिएसपी नेपाल पहिले पनि विवादमा मुछिएका थिए। २०७४ सालमा बुटवलको वडा प्रहरी कार्यालय रामनगरमा निरीक्षक रहँदा गाँजा कारोबारसम्बन्धी आर्थिक लेनदेनको विवादपछि उनी निलम्बनमा परेका थिए। त्यस विवादका कारण उनी बढुवा सूचीबाट समेत छुटेका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ