• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

    236
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्।

    काठमाण्डु करण केसीको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको टिम हो । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिमले इलिमिनेटरमा भेट पक्का गरेका हुन् ।

    मङ्गलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरिसकेको छ । विराटनगर किङ्ग्सलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो। इलिमिनेटरको विजयी टिमले बिहीबार विराटनगरसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ ।

    इलिमिनेटर प्रतिस्पर्धा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबारबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ। एनपीएल पहिलो सिजनमा लिग चरणबाट बाहिरिएका दुवै टिम यो सिजन इलिमिनेटरबाट उपाधि यात्रामा अगाडि बढ्ने योजनाका साथ मैदानमा हुनेछन् ।

    यो सिजन लिग चरणको भेटमा काठमाण्डुसँग २२ रनले पराजित भएको लुम्बिनी इलिमिनेटरमा बदला लिने तयारीका साथ मैदानमा हुनेछ । लिग चरणमा राम्रो प्रदर्शन गर्दै आएको काठमाण्डुले उपाधि जित्ने लक्ष्य लिएको छ ।

    लिग चरणका सात प्रतिस्पर्धामा काठमाण्डुले दुई खेल गुमाएको थियो । पाँच खेलमा विजयी भएको काठमाण्डु सुदूरपश्चिम र विराटनगरसँग पराजित भएको टिम हो । लुम्बिनी भने चार खेलमा विजयी हुँदै प्लेअफ पुगेको हो । प्लेअफमा लुम्बिनी चौथो र काठमाण्डु तेस्रो स्थान बनाउँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ