• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

    227
    SHARES

    काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो ।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ बजे बस्नेछ । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन । राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ ।

    निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छन् ।

    शुक्रबार भने सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ