• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

    56
    SHARES

    काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ ।

    दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् ।

    सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।

    पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तकै हँसिया राख्ने सहमति भएको छ । झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गरिने भएको छ ।

    केही दिनभित्रै दुई पार्टीबीच एकता घोषणा कार्यक्रम सम्पन्न गर्ने र दुई महिनाभित्र सम्मेलन गर्ने जानकारी पनि उनले गराए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ