• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    राप्रपाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

    230
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् ।

    आयोगमा ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । राप्रपाले दल दर्ता गरेसागै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नभएको पनि बताएको छ ।

    प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ