• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ९४ रनमा अलआउट

    351
    SHARES

    काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बी म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो ।

    १४० रनको लक्ष्य पछ्याएको कर्णाली ५ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन र्सारफले सर्वाधिक २७ र मार्क वाटले १७ रन बनाए । २९ रनमा ४ विकेट गुमाएको कर्णालीका लागि कप्तान सोमपाल कामी र पवन सर्राफले ३४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।

    तर लगातार विकेट जाँदा कर्णाली कमजोर देखियो । कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मीत सिंहले ४ ओभरमा १ मेडन राख्दै १९ रन मात्र खर्चेर २ विकेट लिए ।

    अविनाश बोहराले पनि २ विकेट लिए । स्कट कुगेलेइनले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन मात्र दिएर १ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ