
काठमाडौं । नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिन थालेको दाबी गरेका छन्। जेनजी आन्दोलनको सुरुदेखि समर्थन गरेको कारण युवाहरू नेकपातर्फ आकर्षित भएको उनले बताए।
अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि युवालाई केन्द्रमा राखिएको बताए।
उनका अनुसार जेनजी आन्दोलनपछिको चुनौती सामना गर्न, राष्ट्रको स्वाधीनता जोगाउन र वामपन्थी शक्तिलाई एकताबद्ध गर्न नेकपा गठन गरिएको हो। अब भाषणभन्दा काममा जोड दिने उनले दाबी गरे।
उनले भने, ‘हामीले गर्नुपर्ने काम धेरै छ, मैले त भनेको भाषण अबदेखि कम गर्दै लैजाउँ भन्नेमा छौं, काम धेरै गर्दै लैजाउँ, हामीले नेपाली कम्युनिस्ट पार्टी बनाएको एउटा ठूलो ऐतिहासिक पहल हो, ऐतिहासिक काम हो, यो मार्फत हामी नेपालमा युवाहरूले जो सपना देखेका छन् त्यो युवाहरूको सपना पूरा गर्ने संकल्प लिएका छौं, त्यही संकल्पका निमित्त नेपाली कम्युनिस्ट पार्टी अगाडि बढेको छ ।’
१२ पुसदेखि देशका विभिन्न शहरमा नेकपाले एकता सभा गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार नेकपाले १२ पुषमा पहिलो एकता सभा कैलालीको धनगढीमा गर्दैछ ।



प्रतिक्रिया