• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एमाले फागुन २१ को चुनावमा भाग लिन्छ – ओली

    74
    SHARES

    काठमाडौँ । नेकपा एमालेले फागुन २१ को निर्वाचनमा भाग लिने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

    नागरिकसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनको मुद्दासँगै चुनावी तयारी गरिरहेको बताएका हुन्। नागरिकले ओलीसँगको उक्त अन्तर्वार्ताको समाचार प्रकाशन गरेको छ।

    एमालेले प्रतिनिधिसभा चुनावका लागि आज दल दर्ता गर्नेछ। निर्वाचन कानुनअनुसार चुनावका लागि छुट्टै दल दर्ता गर्नुपर्छ। एमालेले केही दिनअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको थियो। प्रतिनिधिसभा तर्फ भने गरेको थिएन।

    केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले पनि निर्धारित अवधिमै दल दर्ता गर्ने बताएका थिए। उनले नहुने चुनावमा एमाले नदौडने तर आफ्नो संस्था अद्यावधिक गर्ने योजनाअनुसार दल दर्ता गर्न लागेको बताए।

    अध्यक्ष ओलीले फागुन २१ मा एमालेका कारण चुनाव हुँदैन भन्ने अफवाह फैलाइएको पनि बताए। उनले निर्वाचन नभए त्यसको सम्पूर्ण दोष सरकारकै हुने जिकिर गरेका छन्।

    निर्वाचनमा एमाले जाने भए पनि पार्टीको बटमलाइन भने प्रतिनिधिसभा पुनर्स्थापना नै रहेको ओलीको भनाइ छ। त्यसो त एमालेले पछिल्लो समय प्रतिनिधि सभा पुनस्र्थापनाका लागि जनदबाब भन्दै सडक प्रदर्शन, भेला, सभा आयोजना गरिरहेको छ।

    विघटित प्रतिनिधि सभा बैठक राखेर एमालेले प्रतिनिधि सभा विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने बताएको थियो। तर एमालेले रिट भने दर्ता गराएको छैन।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ