• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    निर्वाचन आयोगसँग नेपाल जेनजी फ्रन्टले राख्यो तीन वटा माग

    56
    SHARES

    काठमाडौँ । नेपाल जेनजी फ्रन्टले निर्वाचन आयोगसँग प्रवासी नेपालीहरूको मतदान सुनिश्चित गर्ने लगायतका तीन वटा माग राखेको छ।

    सोमबार फ्रन्टका प्रतिनिधिहरू बिनिता बोगटी, अमृता बन लगायतले निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई तीन बुँदे मागपत्र बुझाएका हुन्। फ्रन्टले प्रवासी नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन माग राखेका छन्।

    देशभित्र एक जिल्लाबाट अर्को जिल्लामा बसोबास गरिरहेका नागरिकहरूलाई सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि माग राखेका छन्।

    ‘देशभित्रै आफ्नो गृहजिल्ला बाहेकका जिल्लामा रोजगारी, शिक्षा र अन्य कारणले बसोबास गर्ने नागरिकको सङ्ख्या पनि उल्लेखनीय रहेको छ। नेपालको संविधानले उल्लिखित दुवै वर्ग र समूहका नेपाली नागरिकलाई बालिग मताधिकार प्रदान गरेको छ,’ फ्रन्टले भनेको छ,‘तर, यथार्थमा उल्लिखित दुवै वर्गका नेपाली नागरिक मताधिकारबाट वञ्चित भइरहेका छन्। सामान्य कानूनी र प्राविधिक जटिलताको बहाना बनाएर राज्यले आजको दिनसम्म संविधानप्रदत्त हकबाट नेपाली नागरिकलाई वञ्चित गरिरहेको छ।’

    त्यस्तै मतदान शिक्षा र जनचेतनाका कार्यक्रमहरू विश्वका सबै क्षेत्रमा रहेका नेपालीको पहुँच पुग्नेगरी डिजिटलमाध्यमबाट गर्न माग राखेका हुन्र

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ