
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको छ ।
धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर साँझ साढे ५ बजेबाट अवरुद्ध बनेको उडान र अवतरण प्रणाली अहिले सुचारू भएको विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पालेले जानकारी दिए ।
लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन् भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको थियो । आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोकिएको थियो ।
अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको थियो भने केही डाइभर्ट गरिएको थियो । रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ ।
‘के कारणले यो समस्या आएको हो भन्ने बारे थप अध्ययनपछि मात्र कारण बारे भन्न सकिने उनले बताए ।



प्रतिक्रिया