
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा आएको समस्याका कारण शनिबार दिउँसो हवाई उडान प्रभावित भएको छ ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार, रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिएकाले विमान अवतरण सम्भव नभएको हो ।
यो समस्याका कारण करिब पाँच वटा उडान होल्डमा राखिएका छन्। प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको जानकारी दिए ।
शनिबार साँझ ५ः३० बजेदेखि समस्या सुरु भएको उनले बताए । रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् ।
बिग्रेको लाइटिङ प्रणाली मर्मतको काम भइरहेको र यो नबनेसम्म उडान तथा अवतरण सम्भव नहुने विमानस्थलले जनाएको छ ।



प्रतिक्रिया