• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

    222
    SHARES

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। लागुऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो।

    प्रहरीका अनुसार सुनार पछिल्ला ८७ दिनदेखि हिरासतमा रहेका थिए। शुक्रबार बिहान करिब ६ बजेतिर उनी ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए। प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढाथोकीका अनुसार उनीसँगै सुतेका अर्का थुनुवाले उठाउँदा नउठेपछि प्रहरीलाई खबर गरेका थिए।

    ‘हामीले उनलाई तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्‍याएका थियौँ,’ डीएसपी बुढाथोकीले भने, ‘अस्पताल पुर्‍याएको करिब आधा घण्टामै चिकित्सकले मृत घोषणा गर्नुभयो।’ प्रहरीले गंगे सुनार लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी रहेको पुष्टि गरेको छ। उनी नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए।

    चार दिनअघि मात्रै उनको मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता भएको र आज (शुक्रबार) पेसी तय गरिएको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनाबारे आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टम रिपोर्टपछि विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ