• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पाँचकुने तारासहित आयोगमा पुग्यो नेपाली कम्युनिस्ट पार्टी

    201
    SHARES

    काठमाडौं । विभिन्न वाम दल र समूहहरूको एकतापछि गठन गरिएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। बुधबार औपचारिक रूपमा एकता घोषणा गरेको उक्त पार्टीले भोलिपल्ट बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गरेको हो।

    नवगठित पार्टीमा साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका १० वटा वाम दल र समूहहरू सम्मिलित छन्। पार्टीले आगामी निर्वाचनमा पाँचकुने तारालाई आफ्नो चुनाव चिन्हका रूपमा प्रस्ताव गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त गरिसकेको छ।

    आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने कानुनी व्यवस्था छ। पार्टीका नेता शिव खकुरेलका अनुसार, दर्ता निवेदनसँगै एकताको प्रतिबद्धतापत्र, घोषणापत्र र अन्य कागजातहरू समेत आयोगमा पेस गरिएको छ। उनले भने, “पार्टीको विधानलाई पूर्णता दिने काम भइरहेको छ। पदाधिकारी र संरचना टुंगिएपछि आयोगमा विधानलगायतका सम्पूर्ण दस्तावेज पेस गरिनेछ।”

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ