• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि लामिछानेलाई जेलबाट भागेकोबारे सोधपुछ गर्न सिंहदरबार लगियो

    470
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबारतर्फ लगिएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले लामिछानेसँग जेनजी आन्दोलनको क्रममा कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्ने जनाएको छ। आयोगको कार्यालय सिंहदरबारस्थित कार्यालयमा उनीसँग प्रत्यक्ष प्रश्न–उत्तर हुनेछ।

    स्रोतका अनुसार, आयोगले सोधपुछका लागि कारागारबाट लामिछानेलाई झिकाउन निर्देशन दिएको थियो। यसअघि लामिछाने सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए। २४ भदौमा सुरक्षा कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए। यस घटनामा कारागार प्रशासनले दिएको पत्रको आधिकारिकतामा पनि प्रश्न उठेका थिए। पछि उनी पुनः कारागारमा फर्किएका थिए।

    जाँचबुझ आयोगको टोलीले गत सोमबार कारागारमै घटना वस्तुस्थिति अध्ययन गरेको थियो। सोही क्रममा आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो। आयोगले लामिछानेसँग आजको सोधपुछपछि उक्त घटनाबारे स्पष्ट विवरण र कारागार व्यवस्थापनमा देखिएका कमीकमजोरीहरू सम्बन्धमा प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ