• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ओलीपछि प्रचण्डसँग भेट्दै झलनाथ, वाम एकताका लागि चार सर्त अघि सारे

    273
    SHARES

    काठमाडौं । वाम दलबीच फेरि पनि एकता र पुनर्संयोजनको चर्चा तीव्र हुँदै गर्दा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आज नेकपा (माओवादी केन्द्र)का संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने भएका छन्।

    खनालले यसअघि हिजो साँझ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। ओलीसँगको भेटपछि आज प्रचण्डसँग वार्ता गर्न लागेका खनालले वाम एकता विषयलाई प्राथमिकतामा राखेको बताएका छन्।

    खनालले भने, “वाम दलहरू एकताबद्ध हुनैपर्छ। त्यसका लागि अहिले नेताहरूबीच छलफलको क्रम जारी छ। आज प्रचण्डसँग पनि यही विषयमा विस्तृत कुरा गर्नेछु।”

    वाम एकताको सम्भावित खाकाका लागि खनालले चार सर्त अघि सारेका छन्—मार्क्सवाद र लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, जबज वा अन्य सिद्धान्तका आधारमा एकता सम्भव नहुने, अहिलेको समय समाजवादी क्रान्तिको युग हो, त्यसलाई स्वीकार गर्नुपर्ने, एक मात्र समाजवादी कार्यक्रम नै पार्टीको साझा कार्यदिशा बन्नुपर्ने।

    यस्तै समाजवादी कार्यक्रम प्राप्त गर्नका लागि नीति, सिद्धान्त र कार्यदिशामा एकरूपता आवश्यक छ, खनालले भने- “यी चार आधार स्वीकार गर्ने दल वा समूहसँग मात्र एकता सम्भव हुनेछ।” उनले वाम पुनःसंयोजनका विषयमा विभिन्न नेताहरूसँग निरन्तर भेटघाट जारी रहेको पनि बताए।

    यसअघि एकीकृत समाजवादीभित्र अध्यक्ष माधवकुमार नेपालको समूहले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरिसकेको छ। तर, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, र सांसद रामकुमारी झाँक्रीसहितका नेताहरू उक्त निर्णयप्रति असन्तुष्ट छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ