• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पाँचकुने तारा अरू दलले दाबी नगर्न जसपा नेपालको चेतावनी

    385
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीको झण्डामा रहेको पाँचकुने तारा अन्य कुनै राजनीतिक दलले चुनाव चिन्हका रूपमा प्रयोग गर्न नपाउने चेतावनी दिएको छ।

    पार्टीका प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त तारा चिन्ह जसपा नेपालको पहिचानसँग प्रत्यक्ष सम्बन्धित प्रतीक भएकाले अन्य दलले दाबी गर्नु राजनीतिक दल सम्बन्धी ऐन २०७३ को प्रावधानविपरीत हुने बताएका छन्।

    हाल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ वटा दल र समूहबीच एकीकरणको प्रक्रिया अघि बढ्दैछ, जसमा नयाँ पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी” राख्ने प्रस्ताव गरिएको छ। माओवादी केन्द्रको बैठकले उक्त प्रस्ताव पारित गरिसकेको बताइन्छ।

    तर जसपा नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग गरिएको पाँचकुने तारा चिन्ह अन्य कुनै राजनीतिक दलले निर्वाचन चिन्ह वा अन्य प्रतीकका रूपमा प्रयोग नगर्न हुन अनुरोध गर्दछौं।”

    विज्ञप्तिमा साथै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको उल्लेख छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ