• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बिना निष्कर्ष सकियो कांग्रेस पदाधिकारी बैठक

    278
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा सहमति जुटाउन शनिबार बसेको पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको छ। निर्वाचनअघि गर्ने कि निर्वाचनपछि गर्ने भन्ने विषयमा देखिएको विवाद समाधान हुन सकेको छैन। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक समान धारणामा अघि बढ्ने निष्कर्षसहित सकिएको छ।

    प्रवक्ता महतले भने, “१५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचनपछि गर्दा राम्रो हुन्छ भन्नेमा मतभिन्नता छ। यसमा धेरै हिसाबले हामी नजिक पुगेको महसुस भएको छ। आशा छ, अन्ततः एउटा समान निष्कर्षमा पुग्नेछौं।” उनले केन्द्रीय समितिले सहमतिबाटै एउटा साझा दृष्टिकोण बनाउने विश्वास व्यक्त गरे।

    नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर विवाद छ। संस्थापन पक्ष आगामी आम निर्वाचनपछि वैशाखतिर महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको अर्को पक्ष निर्वाचनअघि विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ।

    यही विवादका कारण चालू केन्द्रीय समितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ