• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    171
    SHARES

    धनगढी । कञ्चनपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–२, वाणी नजिक ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ।

    दुर्घटनामा कृष्णपुर नगरपालिका–२, बण्ड निवासी करिब ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।

    उनका अनुसार घाइते अवस्थामा उद्धार गरिएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बसमा पाँच जना सवार थिए। दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका–३, दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

    प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ