• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, १ जनाको मृत्यु, पाँच घाइते

    202
    SHARES

    काठमाडौँ। कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

    प्रहरीका अनुसार, राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं.को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरू घाइते भएका हुन्।

    दुर्घटनामा परेका अन्दाजी ५०–५५ वर्षका पैदल यात्रीलाई घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम र ठेगाना हाल खुल्न बाँकी रहेको छ।

    बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले भइरहेको जानकारी दिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ