• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    आज नेपाल यूएईसँग भिड्दै, पहिलो जितको खोजीमा दुवै टोली

    170
    SHARES

    काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।

    दुबईस्थित आईसीसी एकेडेमी मैदानमा बिहान सवा ११ बजे (नेपाली समय) बाट खेल सुरु हुनेछ। जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए। नेपालले अमेरिकाविरुद्ध १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो। त्यसैले दुवै टोली आजको खेलमा पहिलो जितको खोजीमा मैदान उत्रँदैछन्।

    नेपाल र यूएईबीच अहिलेसम्म १५ ओडिआई खेल भएका छन्, जसमा नेपालले ९ र यूएईले ६ खेलमा जित हासिल गरेका छन्। लिग–२ को अद्यावधिक अंकतालिकाअनुसार अमेरिका २२ खेलमा ३२ अंक जोड्दै शीर्ष स्थानमा छ भने स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा रहेको छ।
    त्यस्तै, १७ खेलबाट १२ अंकसहित नेपाल सातौं स्थानमा छ भने १७ खेलमै ६ अंकसहित यूएई पुछारमा रहेको छ।

    अमेरिकासँगको खराब सुरुवातपछि नेपाल आज यूएईविरुद्ध आत्मविश्वास पुनःस्थापना गर्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ। आजको जितले लिग–२ मा नेपालको स्थिति सुधार्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ