
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद राजन दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति गम्भीर प्रश्न उठाएका छन्। विप्लवले हालै ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्, जसपछि माओवादी केन्द्रभित्र र राजनीतिक वृत्तमा पुनः बहस चर्किएको छ।
दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक आठवटा प्रश्नमार्फत विप्लवको कदममाथि आपत्ति जनाएका छन्। उनका अनुसार पार्टी एकता संवाद समितिमा नाम र चिन्हबारे सहमति नजिकिँदै गर्दा सोही नाम लिएर आयोगमा दल दर्ता गर्नु “विश्वासघात” सरहको कदम हो।
“नामको प्रस्तावक को हो, त्यो त तपाईलाई थाहा नै होला” दाहालले लेखेका छन्, “नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला। वार्ता टोलीमा सहमति नजिकिँदा सोही नाम लिएर आयोगमा दर्ता किन गरियो ?” उनले थप लेखेका छन् — “इतिहासप्रति न्याय गर्न पनि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति त गर्नुपर्छ नि, महोदय।”
दाहालले विप्लवप्रति भावनात्मक शैलीमा लेख्दै भनेका छन् – “दर्जनौँ यक्षप्रश्नको जवाफ त दिनैपर्छ, महोदय। इतिहासप्रति न्याय गर्न आत्मसमीक्षा अनिवार्य छ।” आफुलाई अर्को प्रचण्ड बनाउन भनेर भूमिगत राजनीति गरेका विप्लब नेतृत्वको नेकपा २१ फागुन २०७७मा सरकारसँग शान्ति सम्झौतापछि भूमिगत अवस्थाबाट बाहिर आएको थियो।
पछिल्लो समय उनले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। उता, माओवादी केन्द्रले भने यो कदमलाई एकता भाड्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको छ।
यस्ता छन् विप्लवलाई दाहाले सोधेका आठवटा प्रश्नहरू :
अन्ततः यही बाटोमा आउनु थियो भने जनविश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन बिभाजित गरेको ?
नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन बिभाजित गरेको ?
श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डलगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ?
अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?
आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्दतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत ) बनाउनु पर्ने बाध्यता किन सृजना गरेको ?
अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुँदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको हो ?
वार्ता टोलीमा नाम र चुनाब चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ?
गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ?
विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै बिना जानकारी ओलीजी सँग पनि एकताको लागि संवाद किन सुरू गरेको ?
माओवादी केन्द्रका नेता दाहालले विप्लवलाई भनेका छन्, ‘दर्जनौ यक्ष प्रश्नको जवाफ त दिनैपर्छ महोदय । इतिहासप्रति न्याय गर्न पनि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति त गर्नुपर्ला नि ।’



प्रतिक्रिया