• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    धमाधम मर्मत हुँदै एमाले पार्टी कार्यालय

    273
    SHARES

    काठमाडौं । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते जलाइएको नेकपा (एमाले) को केन्द्रीय कार्यालय मर्मतको काम तीव्र गतिमा अघि बढाइएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, छाना मर्मत, पर्खाल माटोसमेतको मर्मत र रंगरोगनको काम धमाधम भइरहेको एमाले स्रोतले जनाएको छ।

    आगलागीका कारण कार्यालयको माथिल्लो तल्लो भाग पूर्णरूपमा क्षतिग्रस्त भएपछि तत्काल प्रयोग गर्न नसकिने अवस्थाबाट अहिले पुनः प्रयोगयोग्य बनाउनको लागि भौतिक संरचना सुधार कार्यलाई प्राथमिकता दिइएको हो। पार्टीका अनुसार मर्मत कार्य सम्पन्न भएपछि कार्यालयबाट नियमित प्रशासनिक र संगठनात्मक काम पुनः सञ्चालन गरिने तयारी भइरहेको छ। अहिले भने भवन प्रयोगयोग्य नभएकाले कार्यालय परिसरमा पाल टाँगेर दैनिक कार्य सञ्चालन भइरहेको छ।

    एमाले निकट स्रोतका अनुसार, मर्मतपछि कार्यालय परिसरलाई अझ सुरक्षित, व्यवस्थित र आधुनिक स्वरूपमा रूपान्तरण गर्ने योजना समेत बनाइएको छ। भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा अराजक समूहले पार्टीको केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड गर्दै भौतिक सम्पत्तिलाई क्षति पुर्‍याएका थिए। कार्यालयका फर्निचर, कागजात र अन्य सामग्री समेत लुटपाट गरिएको थियो।

    पार्टीका कार्यकर्ताहरूले भने यो घटनालाई लोकतान्त्रिक राजनीति माथिको आक्रमणको रूपमा लिएका छन्। उनीहरूले दलका कार्यालयहरू राष्ट्रका सम्पत्ति भएकाले तोडफोड र आगजनीले कुनै आन्दोलनलाई न्यायसंगत ठहर्याउन नसक्ने टिप्पणी गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ