• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नवनियुक्त स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय: जेन–जी आन्दोलनका घाइतेलाई मनोपरामर्श

    211
    SHARES

    काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णयका रूपमा ‘जेन–जी आन्दोलन’का घाइतेहरूका लागि मनोपरामर्श अभियान सञ्चालन गर्ने घोषणा गरेकी छन्।

    शपथग्रहणलगत्तै मन्त्री शर्माले सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को नयाँ भवनमा पदभार ग्रहण गरिन्। स्वास्थ्य मन्त्रालय भवन आन्दोलनका क्रममा जलेपछि परिषद्को भवनमै अस्थायी रूपमा मन्त्रालय सञ्चालन भइरहेको छ।

    मन्त्री शर्माले पहिलो निर्णयमा हस्ताक्षर गर्दै भनिन्, “जेन–जी आन्दोलनका क्रममा घाइते भएका सबैलाई आवश्यक मानसिक समर्थन र उपचारको पहुँच सुनिश्चित गर्न मनोपरामर्श कार्यक्रम तत्काल सुरु गरिनेछ।” उनले आन्दोलनका क्रममा घाइते भएका नागरिक, प्रहरी र स्वास्थ्यकर्मीलाई समेत परामर्श र मनोबल पुनःस्थापना गर्ने कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी छन्।

    डा. शर्माले स्वास्थ्यक्षेत्रमा पारदर्शिता, सेवा विस्तार र आपतकालीन अवस्थाको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने बताउँदै मन्त्रालयभित्र “नागरिकमैत्री सुधार” ल्याउने प्रतिबद्धता व्यक्त गरिन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ