• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गैंडाकोटमा युवकको हत्या, चार जना पक्राउ

    275
    SHARES

    चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१, इट्टाभट्टी नजिक गएराति एक युवकको चक्कु प्रहारबाट हत्या भएको छ। ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सोही स्थानका २८ वर्षीय नारायण कुमालमाथि युवाहरूको समूहले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

    हत्यामा संलग्न भएको आशंकामा चार जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि अहिले प्राथमिक अनुसन्धान र सोधपुछ कार्य भइरहेको छ। प्रहरीका अनुसार घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन। तर प्रारम्भिक अनुमान अनुसार स्थानीय युवाबीचको विवादका कारण घटना भएको हुन सक्ने बताइएको छ।

    घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ