• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा भीषण आगलागी, १० जनाको मृत्यु

    239
    SHARES

    काठमाडौं। भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा शुक्रबार बिहान भीषण आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै बसमा आगो लागेको थियो। बसमा ४२ जना यात्रु सवार थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक संख्या अझै बढ्ने आशंका गरिएको छ।

    प्रत्यक्षदर्शीका अनुसार एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगलागी भएको बताइए पनि स्थानीय प्रशासनले दुर्घटनाको कारण औपचारिक रूपमा पुष्टि गरेको छैन। आगोले बस पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। उद्धारमा संलग्न प्रहरी र दमकल टोलीले घाइते यात्रुलाई उपचारका लागि नजिकको अस्पताल पुर्‍याएको जनाइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ