• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्री सुशीला कार्कीसँग कलाकारहरूको भेट

    368
    SHARES

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कलाकारहरूले भेट गरी समसामयिक राजनीतिक र सामाजिक विषयमा विचार–विमर्श गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अभिनेता विजय बराल, ऋचा शर्मा, विपिन कार्की, निश्चल बस्नेत, संगीतकार कालिप्रसाद बाँस्कोटा र कलाकार कर्मालगायत सहभागी थिए।

    भेटपछि कलाकार बरालले प्रधानमन्त्रीसँगको छलफल सौहार्दपूर्ण र सकारात्मक रहेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री कार्कीले कलाकारहरूबाट सुझाव माग्दै देशमा सकारात्मक ऊर्जा फैलाउने काममा सबैको सहयोग अपेक्षा गरेकी थिइन्।

    बरालका अनुसार कलाकारहरूले प्रधानमन्त्रीलाई “तथ्य र प्रमाणमा आधारित सूचना दिनुहोस्, जसले सिंगो देशमा सकारात्मक सन्देश फैलाओस्” भन्ने सुझाव दिएका थिए। “भ्रष्टाचारका मुद्दा निरन्तर अघि बढाउनुहोस्, चुनावको तयारी समयमै गर्नुपर्छ र मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुहोस्,” बरालले कलाकारहरूको तर्फबाट प्रधानमन्त्रीलाई दिएको सुझाव सुनाए।

    उनका अनुसार कलाकारहरूले सरकारका सकारात्मक कार्यहरूलाई जनतामाझ कलामार्फत प्रवाह गर्ने र सुधारका प्रयत्नमा सघाउने प्रतिबद्धता पनि जनाए। “सकारात्मक कामका लागि हामी पनि तयार छौं,” बरालले भने, “गाह्रो–साह्रो परे आफ्नै सम्झनुहोस्। तपाईंहरूले गर्नुभएको राम्रा कामहरूलाई कलामार्फत जनतामा पुर्‍याउने जिम्मेवारी हामी लिन्छौं।”

    भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि उपस्थित थिए। कलाकारहरूको भनाइमा, सरकारलाई चाँडै स्थायित्व दिलाउँदै राष्ट्रिय एकता र सुशासनतर्फ अघि बढ्ने वातावरण सिर्जना गर्न सबै क्षेत्रको सहकार्य आवश्यक छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ