• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ

    604
    SHARES

    चितवन । चितवन जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सोमबार राति भरतपुर महानगरपालिका–१० स्थित ओदान रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका १० जनालाई पक्राउ गरिएको हो।

    उनीहरूको साथबाट रु २ लाख ११ हजार २१० रुपैयाँ नगद र एक बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, सोमबार राति साढे १२ बजेतिर खैरहनी नगरपालिका–११ मा जुवातास खेलिरहेका थप ११ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

    उनीहरूको साथबाट रु १ लाख ५० हजार ७ सय २० रुपैयाँ नगद र पाँच बुक तास समेत बरामद गरिएको हो। पक्राउ परेका सबै जनामाथि जुवा ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ