• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    युद्धबिराम उलंघन गर्दै गाजामा इजरायलद्वारा आक्रमण, ४४ जनाको मृत्यु

    244
    SHARES

    काठमाडौँ । गाजामा आइतबार राति इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। इजरायलले यो आक्रमण हमासद्वारा युद्धविराम उल्लंघन भएको दाबी गर्दै गरेको हो। इजरायली सेनाका अनुसार रफाह क्षेत्रमा हमासका लडाकूहरूले एन्टी–ट्याङ्क मिसाइल प्रहार र गोलीबारी गरी दुई इजरायली सैनिकको हत्या गरेका थिए।

    सो घटनापछि आईडीएफ (इजरायली डिफेन्स फोर्स) ले गाजामा प्रतिआक्रमण सुरु गरेको बताइएको छ। तर हमासले भने इजरायली आरोप अस्वीकार गरेको छ। उसले गाजामा कुनै सैन्य आक्रमण नगरेको र आफू युद्धविरामको सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको छ।

    साथै, हमासले इजरायलमाथि नै युद्धविराम तोडेको आरोप लगाउँदै निरन्तर आक्रमणले मानविय संकट थप गहिरिने चेतावनी दिएको छ। बीबीसीले अस्पताल स्रोतहरूको हवाला दिँदै गाजामा भएको आक्रमणमा मारिनेहरू मध्ये धेरैजना सर्वसाधारण रहेको जनाएको छ। घाइतेहरूको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

    आक्रमणपछि इजरायली सेनाले फेरि युद्धविराममा फर्किने बताएको छ तर क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ