• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ट्रम्पले जेलेन्स्कीलाई दिएनन् लामो दूरीको मिसाइल, दुवैलाई युद्ध रोक्न अपिल

    322
    SHARES

    काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। बैठकको मुख्य विषय रुस–युक्रेन युद्ध रह्यो। बीबीसीका अनुसार, जेलेन्स्कीले अमेरिकासँग टोमहोक क्रूज़ मिसाइल मागे पनि उनी खाली हात फर्किनुपरेका छन्। जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली बलियो बनाउन निरन्तर जोड दिँदै आएका छन्।

    टोमहोक क्रूज़ मिसाइल अमेरिकाद्वारा विकसित लामो दूरीको (लङ्ग-रेन्ज) सटीक प्रहार गर्ने मिसाइल हो। यो जमिन वा पानी दुवैबाट प्रक्षेपण गर्न सकिन्छ र यसको दायरा करिब १,६०० किलोमिटर (१,००० माइल) भन्दा बढी छ। यसले लक्ष्यलाई अत्यन्त सटीक रूपमा प्रहार गर्न सक्ने भएकाले युद्धमा रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।

    ट्रम्पले हाल युक्रेनलाई टोमहोक मिसाइल दिने पक्षमा नभएको बताए, तर भविष्यमा सम्भावना पूर्ण रूपमा नकारिएको पनि छैन। उनले भने, ‘आशा छ, उनीहरूलाई यसको आवश्यकता पर्दैन। हामी युद्ध अन्त्य गर्न सक्ने आशा गर्छौं।’ उनका अनुसार मिसाइल पठाउनु ‘तनाव बढाउने कदम’ हुन सक्छ, तर यसबारे छलफल गर्न सकिने बताए।

    जेलेन्स्कीले भने, ‘लामो दूरीका मिसाइलबारे ट्रम्पसँग कुरा भयो, तर सार्वजनिक रूपमा केही नबोल्ने निर्णय गरिएको छ, किनभने अमेरिका तनाव बढाउन चाहँदैन।’ बैठकपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत रुस र युक्रेन दुवैलाई युद्ध रोक्न अपिल गरेका छन्। उनले लेखे, ‘जहाँ छन्, त्यहीँ रोकिउन् र युद्ध अन्त्य गरुन्।’

    यसको एक दिनअघि ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको थियो। दुवै नेताले अब हंगेरीमा भेट्ने सहमति जनाएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ