• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पूर्वमन्त्री गणेश साहले छाडे माओवादी केन्द्र

    248
    SHARES

    काठमाडौं । पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साहले नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै राजनीतिक जीवनबाट पूर्ण अवकाश लिएको घोषणा गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै साहले आफू ७५ वर्ष पुगेको र नयाँ पुस्ताको (जेन–जेड आन्दोलन) सकारात्मक पक्षलाई ख्याल गर्दै राजनीतिबाट टाढा रहने निर्णय गरेको बताए।

    उनले भने, “अब म माओवादीको नेता पनि हैन, सदस्य पनि होइन। मैले पार्टी र सक्रिय राजनीतिदुवैबाट अवकाश लिएको छु।” साह माओवादी केन्द्रको भंग भएको केन्द्रीय समितिमा सचिव पदमा थिए। उनी माओवादीका विभिन्न धाराहरू एकता प्रक्रियामा जुट्दा माओवादी केन्द्रमा समेटिएका नेता हुन्।

    उनले नयाँ पार्टी खोलेकाहरूले “अभिभावकीय भूमिका” खेलिदिन आग्रह गरेको भए पनि आफू अब कुनै पनि दलसँग नजोडिने स्पष्ट पारे। साहका शब्दमा, “माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्न।”

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ