• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गुण्डुमा एमाले सचिवालय बैठक सुरु

    255
    SHARES

    काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ। पार्टी अध्यक्ष ओलीलाई रुघाखोकीका कारण अस्वस्थता भएपछि शनिबार निर्धारित बैठक स्थगित गरिएको थियो। त्यसपछि बैठक आज पुनः बसिरहेको हो।

    स्रोतका अनुसार, केन्द्रीय कमिटीको एजेन्डा तय गर्न सचिवालय बैठक शुक्रबारदेखि नै सुरु भएको हो। बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए, जसमा ६ जनाले अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेको बताइएको छ।

    आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। बैठकमा पार्टीभित्रको नेतृत्व संक्रमण, आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा र संगठन सुदृढीकरणबारे छलफल हुने बुझिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ