• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    रूसले अमेरिकी कम्पनीलाई निशाना बनाएर युक्रेनमा हान्यो ५७४ ड्रोन र ४० वटा मिसाइल

    37
    SHARES

    काठमाडौँ । रूसले युक्रेनमा एक महिनायताकै भीषण आक्रमण गरेको छ। दुई देशबीच युद्धविराबारे वार्ताको तयारी भइरहँदा रूसले युक्रेनमाथि बिहीबार ठूलो संख्यामा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको हो।

    अमेरिकी टेलिभिजिन नेटवर्क सिएनएनका अनुसार रूसले पूर्वीदेखि पश्चिम युक्रेनका भूभागहरुलाई निशाना बनाएर हवाई हमला गरेको थियो।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रातभरिमा ५७४ वटा ड्रोन र ४० वटा मिसाइल रूसतर्फबाट हानिएको बताएका छन्।

    हमलामा कम्तिमा ९ जनाको मृत्यु भएको र ठूलो भौतिक क्षति भएको सिएनएनले जनाएको छ। रूसले पश्चिमी युक्रेनमा भएको अमेरिको स्वामित्वको इलेक्ट्रोनिक सामग्री उत्पादन कम्पनी फ्लेक्स लिमिटेडलाई पनि निशाना बनाएको भनेर सिएनएनले जनाएको छ।

    फ्लेक्स एउटा अमेरिकी-सिंगापुरेली कम्पनी हो। यसले जसले इलेक्ट्रोनिक्स उत्पादन सेवा प्रदान गर्छ। अमेरिकाको टेक्सासस्थित अस्टिनमा यसको मुख्यालय छ। युक्रेनस्थित अमेरिकी चेम्बर अफ कमर्सका अध्यक्ष एन्डी हन्डरले उक्त कम्पनी युक्रेनमा रहेको अमेरकी लगानीको ठूलोमध्येको कम्पनी ह

    ‘रुसले युक्रेनमा अमेरिकी व्यवसायहरूलाई निरन्तर नष्ट र अपमानित गरिरहेको छ, र अमेरिकी स्टक बजारमा लगानी र व्यापार गर्ने कम्पनीहरूलाई निशाना बनाइरहेको छ,’ उनले भनेका छन्।

    फ्लेक्सका प्रवक्ताले आक्रमणमा परी १९ जना कर्मचारी घाइते भएको र तीमध्ये ६ जना अझै अस्पतालमै रहेको बताएका छन्। उनले कम्पनीले कुनै पनि सैन्य उपकरण उत्पादन, आपूर्ति वा समर्थन नगरेको पनि बताएका छन्।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसले जानी जानी फ्लेक्समा हमला गरेको बताए। ‘उनीहरूलाई कहाँ हानीरहेको छु भन्ने थाहा छ। यो युक्रेनमा रहेको अमेरिकी सम्पत्ती र अमेरिकी लगानीविरूद्ध जानी जानी गरिएको हमला हो,’ उनले भने।

    फ्रान्सका विदेश मन्त्रालयले पनि हमलाको निन्दा गर्दै रूस शान्ति वार्ताका लागि गम्भीर नदेखिएको बताएको छ। युक्रेनमा युद्धविरामबारे केही दिनअघि मात्रै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा वार्ता गरेका थिए।

    त्यसक्रममा युक्रेनमा शान्ति स्थापना, त्यहाँको सुरक्षा ज्ञारेन्टी लगायतका विषयमा कुराकानी भएको थियो। अलास्काको भेटवार्तापछि ट्रम्पले जेलेन्स्कीसहित युरोपेली नेताहरूसँग छलफल गरेका थिए।

    युक्रेनमा युद्धविरामबारे ट्रम्प, पुटिन र जेलेन्स्कीबीच त्रिपक्षीय वार्ताको पनि तयारी हुँदै थियो। पछिल्लो समय ट्रम्पले युद्धविरामभन्द स्थायी शान्तिका लागि जोड दिँदै आएका छन्।

    जेलेन्स्कीले त्यसका लागि आफू तयार भएको बताए पनि त्रिपक्षीय वार्ताका लागि रूसबाट मिति तय भएको छैन।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ