• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

    412
    SHARES

    काठमाडौँ । ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई पुर्पक्षका लागि २५ हजार छाड्न विशेष अदालतले आदेश गरेको छ ।

    बुधबार परियार सहित निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटी तिराइ पुर्पक्षमा छाड्न समेत अदालतले आदेश गरेकाे छ ।

    बुधबार बिहान परियार, आचार्य र ढकाल अदालतमा उपस्थित भएका थिए । उपस्थित भएपछि आजै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनीहरुको बयान र थुनछेक बहस भएको हो ।

    थुनछेक बहसपछि तीनै जनालाई धरौटीमा छाड्न आदेश भएको अदालतका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते परियार, आचार्य र ढकालसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    समानान्तर सेवा प्रालिले सबैभन्दा कम मूल्य (करसहित १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा) कबोल गरे पनि मिलेमतोमा सो कम्पनीलाई अयोग्य ठहर गरी त्यसको सट्टा दोस्रो कम कबोल (२२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा) गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरी हानी नोक्सानी पुर्‍याएको आरोप परियारलाई छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ