• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचियो, आवागमन पूर्णरूपमा ठप्प

    1K
    SHARES

    काभ्रे ।  बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत रहेको पुण्यमाता खोलाको पुल भाँचिएपछि सडक पूर्णरूपमा बन्द भएको छ। काभ्रेको बनेपा नगरपालिका–१ र ४ को सिमानामा रहेको सो पुल भाँचिएपछि स्थानीयवासी र यात्रुहरूलाई आवतजावतमा ठूलो कठिनाइ भएको छ।

    जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुका अनुसार रातिको समयमा नाला पुलबजार छेउमा रहेको पुल भाँचिएको हो। यसका कारण यात्रुहरू र सवारी साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्।

    धुलिखेल–सूर्यविनायक सडकखण्ड अहिले निर्माणको चरणमा रहेकाले अवरुद्ध छ। सोही सडकको विकल्पका रूपमा प्रयोग भइरहेको बनेपा–नाला–भक्तपुर मार्ग पनि अब बाधित बनेपछि वैकल्पिक मार्ग नै अवरुद्ध भएको हो।

    स्थानीय प्रशासन र सरोकारवाला निकायले तत्काल वैकल्पिक समाधान खोज्नुपर्ने स्थानीयको माग छ। पुल निर्माण नहुञ्जेलसम्म यात्रुहरूले थप असहज यात्रा गर्नुपर्ने अवस्था देखिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ