• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    ‘कुलिङ पिरियड’ हटाउनमा मुख्यसचिव र सचिवहरूमाथि आशंका छ : राजेन्द्र पाण्डे

    202
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य राजेन्द्र पाण्डेले संघीय निजामती सेवासम्बन्धी विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको छेडखानीमा मुख्यसचिव र सचिवहरूले भूमिका खेलेको आशंका गरेका छन् ।

    नेकपा एकीकृत समाजवादीका सांसद पाण्डेले राज्य व्यवस्था समितिको बुधबारको बैठकमा मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरूले विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’को व्यवस्थालाई निष्प्रभावी बनाउन भूमिका खेलेको आशंका गरेका हुन् ।

    ‘हाम्रो मनभित्र पर्दा पछाडिबाट मुख्यसचिव र सचिवहरूले खेलेका हुन् कि भन्ने लागिरहेको छ । पर्दाभित्र त यी मुख्यसचिव, सचिवहरूले कुलिङ अफ पिरियड हटाउनका लागि प्रधानमन्त्रीलाई राजीनामा दिने धम्की दिएको भन्ने सार्वजनिक भएको थियो,’ उनले बैठकमा भने ‘अब केही गर्न सकिएन, तलबाट प्वाल पारिदिनुपर्‍यो भनेर यिनीहरू लागे भन्ने शंका लागेको छ ।’

    विधेयकमा भएको छेडखानी पत्ता लगाएर शंका निवारणका लागि छानबिन समिति गठन गरिनुपर्ने समिति सदस्य पाण्डेको भनाइ थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ