• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गायिका द्वय विरुद्ध एलिना र समीक्षाको अभियानलाई प्रधानमन्त्रीले फेसबुकबाट गरे समर्थन

    363
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौजविरुद्ध गायिका एलिना चौहान र समीक्षा अधिकारीले चालेको कदमको प्रशंसा गरेका छन् ।

    उनले गायिकाद्वयले गाली गर्ने प्रयोगकर्ताको प्रोफाइल सार्वजनिक गर्ने तरिकालाई ‘सही’ भन्दै समर्थन जनाएका हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ओलीले अरूलाई सरापेर आनन्द लिने ‘परपीडक प्रवृत्ति’बाट समाजलाई बचाउनुपर्ने बताए ।

    उनले सकारात्मक काम गर्नेहरूले हिम्मत हार्न नहुने भन्दै गायिकाद्वयको अभियानले समाजलाई विवेकतर्फ फर्काउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

    ओलीले भनेका छन्–’आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ