• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    एकैदिन तोलामा १७ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    791
    SHARES

    काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

    सोमबार प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ