• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    सभामुखले भद्रगोल तरिकाले संसद् बैठक चलाउनुभयो : लिङ्देन

    347
    SHARES

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरले भद्रगोल तरिकाले संसद् बैठक चलाएको बताएका छन् ।

    उनले संसदीय परम्पराविपरीत प्रतिनिधिसभा बैठक अगाडि बढाएको आरोप लगाएका छन् । सोमबार संसद् बहिष्कारपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले संसदीय मर्यादा र परम्पराविपरीत बैठक अगाडि बढाएको बताएका हुन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने राप्रपा र रास्वपाको माग यथावत छ । यद्यपि यही माग राख्दै आएको प्रमुख प्रतिपक्षी माओवादीले भने सत्ता पक्षसँग सहमति गरी बैठकमा सहभागी भएको छ ।

    राप्रपाले लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । ‘बजेटसम्बन्धी छलफलमा सहभागी हुने वातावरण नै सभामुखले बनाउनु भएको छैन । कुनै पनि सांसदले उठेर आफ्नो असहमति जनाइरहेका बेला संसद् अवरुद्ध मानिन्छ । अहिले दुइटा महत्त्वपूर्ण पार्टीहरूले भिजिट भिसा प्रकरणमा फरक मत राखिरहेका बेला वार्ता र संवादबाट समाधान खोज्नुको सट्टा सभामुखले जबर्जस्ती भद्रगोल तरिकाले संसद् अगाडि चलाउनु भएको छ,’ उनले भने ।

    बैठकमा सहभागी नभएको दिनको भत्ता पनि नलिने जानकारी दिँदै उनले भने, ‘संसदीय मर्यादाविपरीत काम भएको हुनाले बैठकमा सहभागी हुनु अनुचित हुने ठानेर बहिष्कार गरेको हो । हामीले यस विषयमा सभामुखलाई पनि जानकारी गराएका छौँ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ