• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    बालुवाटारमा रास्वपा कार्यवाहक सभापति र सभामुखबीच भेटवार्ता

    342
    SHARES

    सभामुख देवराज घिमिरे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालबीच छलफल भएको छ।

    सोमबार बिहान सभामुखको सरकारी निवास बालुवाटार पुगेर रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुख घिमिरेसँग छलफल गरेका हुन्।

    अर्यालसँगै रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि छलफलमा सहभागी थिए। छलफल क्रममा रास्वपालाई किन बोल्न नदिएको भनेर सभामुखलाई सोधिएको अर्यालले बताए।

    ‘सरकार त पेल्ने लाइनमा होला तर सभामुखले बोल्नै नदिन मिल्छ? उहाँलाई कस्तो संसदीय अभ्यासको छाप छाड्न लागेको हो भनेर सोध्यौं,’ कार्यवाहक सभापति अर्यालले भने।

    जबाफमा सभामुख घिमिरेले विपक्षले उठाएको मुद्दा गम्भीर रहेकै कारण सहमतिका लागि दुई सातासम्म रोकेर राखेको बताएका छन्।

    ‘ त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन। संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्छ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं,’ सभामुख घिमरेको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

    रास्वपाले आफूहरुले उठाएको मुद्दाबाट तत्काल पछाडि हट्न सम्भव नभएको जबाफ दिएको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ