• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मौसममा केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थाले

    559
    SHARES

    काठमाडाैँ । वर्षामा  केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थालेका छन् । लगातार परेको पानीले कञ्चनपुरको नौवटा पालिकाका चार हजारभन्दा धेरै जना सुरक्षित ठाउँमा सरेका थिए । आज बिहानदेखि पानी पर्नेक्रम केही कम भएको छ ।बाढी तथा घर डुबानमा परेका पीडित विद्यालय, वडा कार्यालय, सार्वजनिक ठाउँ र आफन्तकोमा आश्रय लिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार अहिलेसम्म दुई हजार जनाभन्दा धेरै घर फर्किएका छन् ।

    दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    यस्तै पानीको सतह घटेपछि महाकाली नदीमा आजदेखि बनबासा पुलमा पनि आवागमन खुलेको छ ।

     

    अन्तिम अपडेट: असार २५, २०८१

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ