• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीहरूले गरे पदभार ग्रहण

    457
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले सोमबार चारजना मन्त्रीहरूले शपथ दिलाएकी हुन्।

    यससँगै कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्‍मा ७ जना मन्त्री पुगेका छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउने योजना सुनाएकी छन्। दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा वरीयताको दोस्रो नम्बरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल कायमै छन् ।

    दोस्रो वरीयतामा ऊर्जामन्त्री कुलमान घिसिङ र तेस्रो वरीयतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन् । चौथो वरीयतामा उद्योगमन्त्रीमा नियुक्त सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा आएका छन् ।

    उता पाँचौ वरियतामा शिक्षामन्त्री महावीर पुनलाई राखिएको छ । छैटौँ वरीयतामा कृषिमन्त्री डा. मदनकुमार परियार र सातौँ वरीयतामा सञ्चारमन्त्री जगदीश खरेललाई राखिएको छ।

    नवनियुक्त मन्त्रीहरुले आजै पदभार ग्रहण गरिसकेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ