• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड

    438
    SHARES

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ ।

    पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो ।

    आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाए पनि माथि भीरबाट ढुङ्गा तथा माटो खस्ने क्रम रोकिएको छैन ।

    ‘अहिले पनि हल्का हल्का पहिरो खसिरहेको छ, यसले गर्दा जोखिम टरेको छैन, अहिलेलाई सडक एकतर्फी खुल्यो, सडक विभाग, ट्राफिक प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर बाटो सुचारु गर्न अहरात्र खटेका छाैं,’ उनले भने ।

    राजमार्ग बन्द हुँदा सयाैं यात्रु शुक्रबार साँझदेखि सडकमै अलपत्र परेका छन् । काठमाडाैं र पोखराबाट चितवनतर्फ प्रस्थान गरेका तथा चितवनबाट काठमाडाैं-पोखरातर्फ आउन लागेका यात्रुहरू सडकमै रोकिनु परेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ