• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    478
    SHARES

    चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ ।

    मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ ।

    अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ ।

    इन्जिनियर आचार्यका अनुसार अहिले पनि सडकमा ३५ मिटर डिपोजिट पहिरो सडकमा छ । त्यसलाई सहज रुपमा हटाउन सके दिउँसोसम्म सडक खुलाउन सकिने उनले जानकारी दिए ।

    असोज ३ गते साँझ ६ बजेतिर गएको ठूलो पहिरो निरन्तर झरिरहेकोले मुग्लिनतर्फबाट नारायणगढ आउने र नाराणगढबाट मुग्लिनतर्फ जाने सयौं सवारी साधान बीच बाटोमा नै रोकिएका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी,जुगेडी, रामनगर क्षेत्रमा रोकिएको छ ।

    काठमाडौंबाट आउने सवारीलाई कुरिनटार, मुग्लिन, फिस्लिङमा रोकिएका छन् । मुग्लिन बजारमा रहेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा निःशुल्क पानी, खाना र खाजा वितरण गर्न थालिएको छ ।

    नारायणगढतर्फबाट पनि विभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरुको सहयोगमा यात्रुहरुलाई चाउचाउ, विस्कुट, पानी बाँड्ने काम गरिएको छ । यातायात मजदुरहरुलाई यातायात व्यवसायीहरुले नि:शूल्क खाना र खाजाको व्यवस्था मिलाएको जनाएका छन् ।

    यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ । नौबिसे–दामन–हेटौँडा र ।मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर)बाट गन्तव्यमा पुग्न सकिने सडक डिभिजनले बताएको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ