• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    आफ्नै पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै दलहरू

    185
    SHARES

    काठमाडौं । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरूले आज आफ्ना–आफ्नै पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउँदैछन्। आन्दोलनका क्रममा आगजनी भएका कार्यालयमै कार्यक्रम गरेर दलहरूले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खबरदारी गर्ने बताएका छन्।

    नेपाली कांग्रेसले देशभरका ७७ जिल्लामा संविधान हातमा लिएर शान्तिपूर्ण कार्यक्रम गर्ने घोषणा गरेको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संयमतापूर्वक संविधानको रक्षा गर्ने अठोटसहित दिवस मनाइने जानकारी दिए।

    नेकपा एमालेले च्यासलस्थित केन्द्रीय कार्यालयमा संविधान दिवस मनाउने तयारी गरेको छ। कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्। महासचिव शंकर पोखरेलले आन्दोलनका नाममा संवैधानिक व्यवस्थामाथि षड्यन्त्र भइरहेको दाबी गर्दै संविधान र गणतन्त्रको रक्षामा एमाले अडानसहित उभिने बताए।

    नेकपा माओवादी केन्द्रले पेरिसडाँडास्थित पार्टी कार्यालयमा अध्यक्ष प्रचण्डको उपस्थितिमा कार्यक्रम गर्ने जनाएको छ। सचिव गणेशमान पुनका अनुसार संविधान र व्यवस्थाको रक्षा गर्दै शहीदहरूको सम्झनामा दीप प्रज्वलनसमेत हुनेछ। वाईसीएल अध्यक्ष पुष्प ओलीले युवालाई संविधान जोगाउन अग्रसर हुन आह्वान गरेका छन्।

    यसैगरी टुँडिखेलस्थित सैनिक मञ्चमा बिहान ८:३० बजे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा संविधान दिवसको मूल समारोह आयोजना हुँदैछ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। तर विशेष राजनीतिक परिस्थितिका कारण यसपटक झाँकीलगायत आकर्षक प्रस्तुति भने स्थगित गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ