• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चितवनमा ट्रक दुर्घटना : नारायणघाट–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

    567
    SHARES

    चितवन। नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत तुईनखोलामा कोइला लोड गरिएको ट्रक दुर्घटना हुँदा दुबैतर्फको सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ। बिहान करिब ७ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको चितवन प्रहरीले जानकारी दिएको छ।

    ट्रक आफैँ अनियन्त्रित भई पल्टिँदा सवारीको दुबैतर्फको लेन बन्द भएको हो। दुर्घटनास्थल मुग्लिनबाट करिब दुई किलोमिटर दक्षिणतर्फ पर्छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। हाल सडक खुलाउने प्रयास तीव्र रूपमा जारी रहेको र ट्रक हटाउने काममा प्रहरी तथा सरोकारवाला निकाय परिचालित भएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ