• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भारतीय भूमिमा भेटीदै सिमलताल दुर्घटनाका यात्रीका शव

    766
    SHARES

    काठमाण्डौ । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा भेटीएका छन् ।   भारतीय सीमा सुरक्षा बल को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    उनका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन ।सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दिएका हुन् । योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।

    २८ असारको बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका २९, सिमलतालमा पहिरो गएको थियो ।

    लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता बस फेला पर्न सकेको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ