काठमाडाैँ। लगातार काे भारीवर्षामा विक्षिप्त सुनसरी, सप्तरी, झापालगायतका जिल्लामा डुबानमा परेका ४५ भन्दा धेरै घरपरिवारलाई सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षित ठाउँमा सारेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका ८ गोईसारमा टेङ्गा खोलाको बाँध फुटेपछि जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् । बाँध फुटेको क्षेत्रमा बाँध बाध्ने काम पनि भइरहेको छ ।
त्यस्तै सप्तरीको सप्तकोशी नगरपालिका २ सिद्धिपुरको सुकुम्बासी बस्तीमा त्रियुगा नदिको डुवानमा परेका १६ घरपरिवारलाई सुरक्षा वेश फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित ठाउँमा सारेको छ । झापाको झापा गाउँपालिका–२ सुगाँबथानमा माई खोलाको डुवानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।
त्यसैगरी सिरहाको कल्याणपुर नगरपालिका ६ भोक्राहा कमला नदिको बीच भागमा अड्किएका पाँच जनाको सुरक्षा बेश कल्याणपुर र सुरक्षा सुरक्षा वेश दुवरकोटको टोलीले सकुशल उद्धार गरेको छ ।
प्रतिक्रिया